
धादिङ पुस १६ । जिल्ला अदालत धादिङद्वारा बाल विवाह मुद्धामा दोसी ठहर भएका फरार धादिङ सिद्धलेक गाउँपालिका ५ कुम्पुर बुङचुङका राम बहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतले प्रतिवादी घलेलाई ०७५ साल बैशाख २४ गते वाल विवाह मुद्धामा दोषी ठहर गर्दै १ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला गरे थियो ।
४२ वर्षिय घलेलाई मंगलबार पक्राउ गरी कैद भुक्तानको कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
