धादिङ महोत्सवः आज प्रकाश सपुत र कमला घिमिरे आउने

Avatar photo
Dhadingpost
मंसिर २०, २०७६

धादिङ मंसिर २० । धादिङबेसीको शिखरिणी सहकारीको आयोजनामा मंसिर १३ गते देखि सुरुभएको धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेलामा आज चर्चित गायक प्रकाश सपुत र धादिङकी बाल दोहोरी गायीका कमला घिमिरे लगायतका कलाकारहरु आउने भएका छन् ।


हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहँदै आएको यस महोत्सवमा मंसिर २० गते (आज) प्रिति आले, दिपक खड्का, दुर्गा परियार, मैना रशमी लगायतका कलाकारहरुको समेत दमदार प्रस्तुती रहने आयोजकले बताएको छ ।