ग्रामिण सबै बस्तीमा विद्युत पुर्याउछौं –सांसद सिंखडा

Avatar photo
Dhadingpost
मंसिर १५, २०७६

प्रेम बहादुर तामाङ
धादिङ, झार्लाङ, मंसिर १५ ।
धादिङका प्रदेश सांसद जगत सिंखडाले धादिङका दुर दराजमा विद्युत पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

खनियाबास गाउँ पालिका वडा नं २ झार्लाङका विकट वस्तीहरु क्युङ, थली, कतराङ र गोरगाङमा शनिबार विद्युतियलाईन उद्घाटन गर्न पुगका सांसद सिखडाले धादिङ विकट बस्तीहरुमा विद्युत पुर्याईने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले उत्तरी धादिङलाई सडक संजाल सँग जोड्दै सबै बस्तीमा विद्युतीयलाईन विस्तार गर्न आफु विशेष योजना बनाई अगाडी बढेको बढेको समेत बताए ।

स्थानियहरुले कार्यक्रममा सांसद सिंखडालाई ५ बुदे योजना मागपत्र बुझाएका थिए । 
 १. अब्थली, क्युङ, सिङ्ला सडकको डिपिआर निर्माण 
 २. अब्थली, क्युङ, कतराङ, केजु हुदैँ सिङ्ला जाने पदमार्ग निर्माण 
 ३. होम स्टेको पूर्वाधार निर्माण 
 ४. सहकारीमार्फत स्थानीय तरकारी सङ्कलन केन्द्रहरुको निर्माण 
 ५. स्थानीय स्तरमा स्वास्थ्य इकाई तथा स्वास्थ्य विन्दुहरुको निर्माण 

स्थानीयहरुको माग पत्र बुझ्दै सांसद सिंखडाले सांसद विकास कोषबाट विनियोजन गरेको ३० लाख बजेटलाई वृद्धि गरी ८० लाख पु¥याउने प्रतिबद्धता जनाएका थिए ।

स्थानीय अगुवा बोर्ज बहादुर तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा उक्त विद्युत लाइनको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङका सचिव बिजय बुर्लाकोटी, जिल्ला मकिटी सदस्य , हरि आधिकारी (आशिष्) खानियबास गाउँलिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।