धादिङ मंसिर १३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको आन्तरिक तथा वाह्य पर्यटनको संभावना बोकेको त्रिपुरासुन्दरी धार्मिक मेला शहरी विकास राज्यमन्त्री रामविर मानन्धर सहभागि बने ।
अनौठो जात्राको रुपमा लिईने यस त्रिपुरासुन्दरी जात्रा विशेष साँस्कृतिक कार्यक्रममा सम्बोधन गर्न आगिन्चोक हासेपसल पुगेका राज्यमन्त्री मानन्धरले बुढीगण्डकी परियोजनाको कामले अब गति लिने बताएका थिए ।
हजारौं मानिहरु सहभागि भएको यस मेलालाई पहाडी क्षेत्रको ठुलो मेला माइथान जात्राको नामले समेत परिचित यस मेलालाई न्वागी जात्राको नाममा बिशेष रुपमा लिने गरिएको छ । नेपालका शक्तिपीठहरु मध्ये त्रिपुरासुन्दरी माई पनि एक भएको हुँदा भक्तजनहरुले आफ्नो इच्छा भाकल पुरा गर्नको लागि मेलामा सहभागिता जनाएका थिए ।
कार्यक्रममा संघीय सांसद खेम प्रसाद लोहनी, प्रदेश सांसद जगत सिंखडा, संविधान सभा सदस्यहरु पुष्प विक्रम मल्ल, गुरु बुर्लाकोटी र धन बहादुर घले, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमला, पूर्व मन्त्री परसुराम तामाङ, नीलकण्ठ नगरपालिका धादिङका उप–प्रमुख मनराज भण्डारी, धादिङ विभिन्न स्थानीय तहका प्रमुख उप प्रमुख, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी प्रमुख राजकुमार बैदवार, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु बद्रि पङ्गेनी, प्रिति आले लगायत स्थानिय लोक गायकहरुको विजोड प्रस्तुती रहेकको थियो ।


