बेनिघाटमा स्वरसम्राट स्मृति साँझ हुने

Avatar photo
Dhadingpost
मंसिर ७, २०७६

धादिङ मंसिर ७ । धादिङको बेनिघाट गाउँपालिका स्थित बेनिघाट ५ को वडा कार्यलय परिसरमा स्वरसम्राट स्मृति साँझ हुने भएको छ ।

मंसिर १९ गते परेको स्वर सम्राट नारायण गोपालको २९ औं स्मृति दिवसको अवसरमा वडा कार्यलय परिसरमा साहित्यक कार्यक्रम स्वरसम्राट स्मृति साँझ हुने भएको हो ।

बेनिघाट गाउँपालिकाको आयोजना कारु मेमोरियल ट्रस र बेनिघाट ५ को खेलकुद विकास समितिको सहआयोजनामा हुने उक्त स्वरसम्राट स्मृति साँझमा स्रष्टाहरुको वाचन सहित साहित्यिक साँस्कृतिक प्रस्तुति रहने बेनिघाट ५ को खेलकुद विकास समितिका अध्यक्ष दिपेश कडेलले धादिङपोष्टलाई बताए ।

अध्यक्ष कडेलका अनुसार उक्त कार्यक्रममा धादिङको सहित्यलाई योगदान गर्ने साहित्यका सर्जकहरुलाई सम्मान समेत गरिने छ ।