हाेटल संघले महाेत्सव गर्न पाएन, शिखरिणी माथि पनि शङ्का

Avatar photo
Dhadingpost
मंसिर ५, २०७६

धादिङ मंसिर ५ । धादिङका हाेटल व्यवसायीहरुकाे संस्था जिल्ला हाेटल संघले अन्तिम समयमा आएर महाेत्सव गर्न पाएन ।

एक हाेटल व्यवसायीले हाेटल संघले गत महाेत्सवकाे हिसाब हिनामिना गरेकाे, शव वहान किन्ने भनेर महाेत्सवमा घाेषणा गरेपनि खरिद नगरेकाे भन्दै जिल्ला प्रशासनमा उजुरी दिए सँगै जिल्ला प्रशासनले हाेटल संघलाई मेला महाेत्सव गर्न राेक लगाएकाे हाे ।

हाेटल संघले गत आर्थिक वर्षको मुल अडिटमा महाेत्सवकाे हिसाब नसमेटेकाे र महाेत्सवकाे अडिट छुट्टाछुट्टै राखेकाे पाईएकाेले छानविन गर्नु पर्ने देखिएकाे हाेटल संघलाई सार्वजनिक गतिविधि नगर्न भनिएकाे छानविन समितिका एक सदस्यले बताए ।

हाेटल संघले महाेत्सव गर्न नपाउने भए सँगै अहिले सम्मकाे सम्पूर्ण खर्च शिखरिणी सहकारीले वेहाेर्ने र हाेटल संघ पदाधिकारीहरुले मुल आयाेजक समिति र उपसिति संयाेजक रहेर महाेत्सव शिखरिणी सहकारीले ताेकिएकै समयमा गर्ने गरि प्रचार गरिएकाे छ ।

जिल्ला सदरमुकाममा केही दिनकाे फरकमा दुईवटा महाेत्सव राम्रो पक्ष हाेईन । हाेटल संघ हुँदै शिखरिणी सहकारीले गर्ने भनिएकाे महाेत्सवकाे पहल कदमी काँग्रेसले गरेकाे देखिन्छ भने पाैषमा धादिङ उद्योग वाणिज्य संघले गर्ने महाेत्सव नेकपाले, सारमा महाेत्सव पनि दल विशेष भएकाे अभिव्यक्तिहरु सामजिक संजालमा छरपष्ट हुन थालेका छन् ।

धादिङ हाेटल संघले महाेत्सव गर्न नपाए पछि महाेत्सव गर्न तम्सिएकाे शिखरिणी सहकारीकाे अध्यक्ष कल्पना अधिकारीले हाेटल संघले आयाेजना गर्ने हुँदा हामी सहआयाेजक थियौ। आयाेजकले गर्न नपाएपछि त्याे जिम्मेवारी सहकारीमा आएकाे बताउँछिन् तर हाेटल संघले गरेकाे महाेत्सवकाे प्रचार सामाग्रीका सहआयाेजक शिखरिणी सहकारी भनेर कतै उख्लेख गरेकाे देखिदैनथ्याे ।

हाेटल संघकाे प्रचार व्यानर यस्ताे थियाे

शिखरिणीलाई रातारात विधान संशाेधन गर्न लगाई उदेश्यमा कृषि सँगै पर्यटन शब्द थपेर मेला महाेत्सव गर्न पाउने बनाईएकाे सहकारी एक सदस्यले दावी गरे ।

नाम नवताउने सर्तमा उनले भने शिखरिणी सहकारिकाे साधरणसभा कार्तिक २३ गते भयाे । साधारण सभाकाे दिनभर म कार्यक्रम मै छु, न नाम संशाेधन गरिएकाे थियाे न उदेश्य थपघट नै, नियमनकारी स्थानीय निकायनै राजनीतिबाट ओतप्राेेत भएर सबै कागजात रातारात मिलाईएकाे उनी बताउँछन् ।

सहकारीको वैधानिकतालाई प्रश्न गर्दै व्यवसायी रामलाल श्रेष्ठ आफ्नाे फेसबुकमा पाेष्ट गर्छन्-