
पेरेम बहादुर तामाङ (प्रेम)
धादिङ असोज २० । उत्तरी धादिङमा प्रत्यक वर्ष मनाईने गुरु जुझाई पर्व पवै आज सम्पन्न भएको छ ।
गोरु जुधाई प्रतियोगितामा खनियाबास–२ न्यान्चोका ख्लडुप तामाङको गोरु विजेता बनेको थियो भने खानियाबास–२, दुङ्दालीका बम बहादुर (लेम्बो) तामाङको गोरु उप विजेता बनेको थियो ।

यस्तै झार्लाङमा पौराणिककाल देखि दशैको नवमीको दिन वर्षै पिच्छे हुने छेलो (ढुङ्गा फाल्ने) प्रतियोगितामा यस वर्ष खानियाबास–२,लेम्शीगङका राजेन्द्र (गुबिन) तामाङ विजयी भएका छन् ।

