एड्भान्सले विद्यार्थीलाई टिका लगाई दशैं मान्न घर पठायो

Avatar photo
Dhadingpost
अशोज १४, २०७६

धादिङ असोज १४ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले दशैं र तिहारको महत्व बुझाउँदै विद्यार्थीलाई टिका जमरा लगाई दशैं र तिहार पर्व मनाउँन विदाई गरेको छ ।

दशैं र तिहारमा खानपिनमा ध्यान दिन, पिङ् खेल्दा वा चङ्गा उडाउँदा हुन सक्ने जोखिम र यस पर्व किन मनाईन्छ भन्ने बारे विद्यार्थीहरुलाई बताउँदै टिका जमरा लगाई दशैं र तिहार पर्व मनाउँन विदाई गरेको हो ।

प्रत्येक विद्यार्थीलाई टिका जमरा लगाई दक्षिणा स्वरुप पाँच रुपैयाँ दिएर पठाएको एड्भान्स एकेडेमीले विद्यार्थीलाई उल्लास मयवातावरणमा यी पर्व मनाउन सचेतना मुलक कार्यक्रम गरिएको एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए ।