
धादिङ असोज ५ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल ३ नम्बर प्रदेशको अध्यक्षमा धादिङका वासुदेव सिंखडा विजयी भएका छन् ।
सिंखडाले अध्यक्षका प्रत्यासी धादिङका भरत बराकोटीलाई १८ भोटले पराजित गर्दै अध्यक्षम विजयी भएका हुन् । अध्यक्ष र उपाध्यक्ष पदको लागि भएको मतदानमा प्रथम उपध्यक्ष पदमा धादिङ कै कृष्ण शिशिरले जिते ।
सर्व सहमतिमा वरिस्ठ उपाध्यक्ष बाल कुमार मल्ल मकवानपुर, महिला उपाध्यक्षमा मिनाकृष्ण खड्का काठमाडौं, प्रथम उपाध्यक्षमा कृष्ण शिशिर धादिङ, सचिवमा अमृत खाती दोलखा, कोषाध्यक्षमा भिम कार्की काठमाडौं, महिला सचिव उषा सुवेदी काठमाडौं र सह सचिवमाद्वय धादिङका बलबहादुर गुरुङ र खिलदेवि देवकोटाका सिन्धुपाल्चोक चयन भए ।

