एकै दिन धादिङबेसीमा १९१ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
भदौ २८, २०७६

धादिङबेसी भाद्र २८ । धादिङबेसीमा आयोजित रक्तदान कार्यक्रममा एकै दिन ५१ जना महिला र १४० जना पुरुष गरी १ सय ९१ जनाले रक्तदान गरेका छन् ।

धादिङ सोसियल भोलेन्टियर नेपाल धादिङले शनिबार विश्व प्राथमिक उपचार दिवस अवसरमा आयोजना रक्तदान कार्यक्रममा एकै दिन १ सय ९१ जनाले रक्तदान गरेका हुन् ।

उक्त रक्तदान कार्यक्रमको सह आयोजकमा संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ र प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रले गरेको थियो भने फलफूल सौजन्य मण्डली फ्रुट सेन्टर प्रा।लि बल्खु काठमाडौँले गरेको थियो ।