डेंगु नियन्त्रणमा बेनिघाट बजारका स्थानीयहरु सक्रिय

Avatar photo
Dhadingpost
भदौ २८, २०७६

धादिङ भाद्र २८ । धादिङ सहित देशभर महामारीका रूपमा डेंगु ज्वरो फैलिंदै गएको छ । धादिङ जिल्ला अस्पतालमा ज्वरो चेक गराउन आउने मध्य २१ जनालाई डेंगुको संक्रमण देखिएको छ ।

धादिङमा स्क्रब टाइफस र डेंगु ज्वरो बढ्दै गएपछि जिल्लाका विभिन्न ठाउँहरुमा स्थानीयहरु नै सक्रिय भएर सरसफाई तथा डेंगु नियन्त्रण गर्न सुरुगरेका छन् ।

एडिज प्रजातिको पोथी लामखुट्टे टोके पछि लाग्ने डेंगु रोगले महामरी लिन सक्ने भन्दै बेनिघाट रोराङ गाउँपालिकाले सरसफाईलाई ध्यान दिन कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानीलाई जम्न नदिन आग्रह गरे अनुरुप शनिबार बिहान बेनिघाट बजार बासीले सरसफाई गरेका छन् ।

बजार क्षेत्रको नाला, झाडी फोहोर मैला सफा गर्र्न उप प्रमुख आफै स्थानीयहरुको साथमा उपस्थित भएका थिए । (धादिङपोष्टका लागि फोटो सौजन्य दिपेश कडेल)