
धादिङ भाद्र २५ । धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकाका महिलाहरुले तालिम लिएर व्यवसायीक बन्ने बताए सँगै प्रयास नेपालले द्यमशीलता विकास तालीम दिएको छ ।
स्थानीय स्तरमा कृषिमा आधारित व्यवसाय संचालन प्रयत्नशिल सामुदायिक विकास समाज (प्रयास नेपाल) यी दुई गाउँपालिकाका महिलालाई ३ दिने तालिम दिएको हो ।
सहभागीहरुले तालीममा सिकेको ज्ञान सीप व्यवहारमा लागू गरी सफल व्यवसायि बन्ने सहज भएको बताएका छन् । कार्यक्रममा सहभागी हिमाली सामुदायीक संस्था छेपाङका सदस्य तथा कुखुरा व्यवसायी विशाल चेपाङले तालीमले लगानी र आम्दानीको लेखाजोखा गरेर व्यवसाय गर्नु पर्ने, व्यवसाय संचालन गर्दा ध्यान दिनु पर्ने कुराहरु, अपनाउनु पर्ने सावधानीहरु र सफल उद्यमी बन्न गर्नु पर्ने कुराहरु तालीमबाट सिकेको र उक्त सीप व्यवहारमा लागू गरी थप आम्दानी बृद्धि गर्ने सोच रहेको बताए ।
बिशालको जस्तै गठ्ठेडाँडा आत्मनिर्भर महिला समुहकी निर्मला चेपाङ, भस्मेखोला आत्मनिर्भर महिला समुहकी शान्ता चेपाङ, जलदेवी महिला समुहको कृष्णहरी चेपाङ, भँगेरी सामुदायिक विकास समाजका राम कुमारी चेपाङ र गजुरी १ का श्याम प्रसाद विसुन्केको पनि भनाइ रहेको छ ।
भदौ २२ आईतबारबाट शुरु भई मंगलबारसम्म संचालन भएको तालीममा बेनिघाट र गजुरी गाउँपालिकाका ७ जना महिला सहित १३ जनाको सहभागीता रहेको थियो ।
परम्परागत रुपमा जिविकोपार्जनको लागि साना पशुपालन गर्दै आएको भए पनि व्यवसायिक रुपमा आम्दानीको लागि ज्ञान सीपको अभावमा रहेका ग्रामीण कृषकहरुलाई व्यवसायीक र उत्पादन बृद्धि तथा बजारीकरण गर्न सहयोग पुर्याउन उद्यमशीलता तालीम संचालन गरिएको कार्यक्रम संयोजक सुनिल केसीको भनाई रहेको छ ।
