धादिङका तिलक चेपाङ पुरस्कृत

Avatar photo
Dhadingpost
भदौ २४, २०७६

धादिङ भाद्र २४ । धादिङको बेनिघाट रोराङ गाउँपालिका मझिमटार स्थित शंखादेवि माविका शिक्षक तिलक चेपाङ धादिङ जिल्ला कै उत्कृष्ट शिक्षक छनौट भएका छन् ।

४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले धादिङका चेपाङलाई उत्कृष्ट शिक्षक छनौट गरेको हो ।

पूर्व माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका वरिष्ठ उपाध्यक्ष समेत रहेका चेपाङ निमाशि द्वितीय श्रेणीका शिक्षक हुन् ।

राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सरकारले देशका ७७ वटै जिल्लाबाट सामुदायिक विद्यालयमा पढाउने एक-एक जना शिक्षकलाई शिक्षा दिवस पदक तथा प्रमाणपत्र दिएको थियो ।

योग्य व्यक्ति भन्दा दलगत आवद्धताका आधारमा शिक्षक छनौट हुने क्रम बढेको भन्दै आलोचना भए पछि तीन बर्ष अघि हटाईएको शिक्षकलाई पुरस्कृत गर्ने क्रम शिक्षकका नेताहरुको तिव्र दवाव पछि यस वर्षबाट फेरी शुरु गरिएको हो ।