चरङ्गेमा म्हेन्दोमाया साँस्कृतिक कार्यक्रम

Avatar photo
Dhadingpost
भदौ २२, २०७६

सुसन तामाङ
धादिङ भाद्र २२ ।
धादिङको नेत्रावती डब्जोङ गाउँपालिकामा तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा म्हेन्दोमाया साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शान्तिकाली आधारभुत विद्यालय, महेन्द्रबाराही उच्चमावि र युवा आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा म्हेन्दोमाया साँस्कृतिक कार्यक्रम शनिबार चरङ्गेमा सम्पन्न भएको हो ।

तामाङ समुदायको लोक प्रिय साँगितिक विधा म्हेन्दोमायाको संरक्षणमा जुटेको म्हेन्दोमाया कलाकार संघ नेपाल नेत्रावती डब्जोङ गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन गाउँपालिका प्रमुख नारायण शाक्यले गरेका थिए ।

म्हेन्दोमाया कलाकार संघ नेपालका अध्यक्ष राजकीङ वाईवाको विशेष आतिथ्यता रहेको यस कार्यक्रमको सभातित्व सन्तबहादुर तामाङले गरेका थिए ।

कार्यक्रममा जिल्लाको गतिविधिलाई छिटो र छरितो अनलाईनबाट प्रवाह गरेको र म्हेन्दोमायाको प्रचार प्रसारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै धादिङपोष्ट डटकमलाई सम्मान गरिएको थियो ।