मस्तिष्क रक्तस्रावका कारण वडा सदस्यको मृत्यू

Avatar photo
Dhadingpost
भदौ १७, २०७६

धादिङ भाद्र १७ । धादिङको धुनिबेसी नगरपालिका वडा नं. ८ का सदस्य अर्जुन अछामीको मस्तिष्क रक्तस्रावका कारण मृत्यू भएको छ ।

खानीखेला घरभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुनिबेसीका नेता समेत रहेका अछामी मस्तिष्क रक्तस्रावले वेहोस बने सँगै नर्भिकमा उपचारको लागि लगिएको थियो ।

तीन दिन पहिला गरिएको शल्यक्रिया पनि सफल भएको थियो तर फेरि समस्या देखियो र मंगलबार मृत्यू भएको नेकपा धादिङका नेता दिपक लामिछानेले धादिङपोष्टलाई बताए ।