झलनाथ खनालको हातमा दमाहा

Avatar photo
Dhadingpost
भदौ १४, २०७६

धादिङ भाद्र १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले धादिङबेसी आएर नौमती बाजा मध्यको दमाहा बजाएका छन् ।

धादिङ जिल्ला जिस्तरीय नौमती पञ्चैबाजा प्रतियोगिता उद्घाटन कार्यक्रम उद्घाटनको क्रममा नेता खनालले नौमती बाजा मध्यको दमाहा बजाएका हुन् ।

जिल्ला भरिबाट ६ टिमले भाग लिएको नौमती पञ्चैबाजा प्रतियोगितामा खनियाबास पञ्चैबाजा समुह प्रथम भएको छ । त्यस्तै त्रिपुरासुन्दरी पञ्चैबाजा समुह द्वितीय र नमस्ते नेपाल पञ्चैबाजा समुह तृतिय भएको थियो । विजेता समुह प्रथमले नगद रु ३० हजार, दितियले रु २० हजार र तृतिय हुनेले रु १५ हजार प्रदान गरिएको थियो ।

दलित समाज नेपालको प्रथम साधारण सभाको अवसरमा भएको उक्त प्रतियोगिता उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि खनालले सिप र पेशाका आधारमा समाजमा हुने जातिय विभेदको विरुद्ध आफु लडिरहेको बताएका थिए ।

संस्थाका अध्यक्ष बसन्त परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघिय सांसद खेम लोहनी, नेकपा धादिङका इन्चार्ज शालिकराम जमरकट्टेल, अध्यक्ष भूमि त्रिपाठी, नेकपाका नेता गुरु बुर्लाकोटी, राम बहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।