धादिङमा चाैध जिल्लाका लामा तीन महिना रहने

Avatar photo
Dhadingpost
साउन १९, २०७६

शुकराम तामाङ
धादिङ साउन १९ ।
धादिङको नेत्रावती गाउँपालिका ३ सेमजाेङ गैरामा ३ महिना रहने गरि १४ जिल्लाका लामाहरु जम्मा भएका छन् ।

सेमजाेङ गैरामा अवस्थित ज्याम्पल दोर्जे डुब्खाङ गुम्बा महायान बुद्ध दर्शन अध्ययन केन्द्रमा सुरुभएकाे तीन महिने श्यिठो मनिङ र ङोन्डो गुफा संचालनमा लामाहरु जम्मा भएका हुन् ।

गुफामा धादिङ नुवाकोट चितवन दोलखा धनुसा मकवनपुर कैलाली लम्जुङ उदयपुर काभ्रे गोर्ख पर्स महोत्तरी र ललितपुर गरि १४ जिल्लाका लामा ज्योमोहरुको सहभागिता रहेको छ ।

गुफा संचालनको पुर्व सन्ध्यामा आईतबार साउन १८ गतेका दिन नेपाल अहिंसाबादी बौद्ध धर्म बिश्वशान्ति चक्र संघका केन्द्रिय महासचिव गुरु प्रेम दोर्जे बल लामाको प्रमुख आतिथ्यता र ज्यम्पल दोर्जे डुब्खाङ गुम्बाका संस्थापक अध्यक्ष धनसुर वाइबाको अध्यक्षतामा नुवाकोट र धादिङ्का विभिन्न गुम्बाका प्रमुख लामा गुम्बा अध्यक्ष पुरुष मणिपा र महिला मणिपाहरुको बृहत भेला समेत सम्पन्न भएको छ ।

भेलाले तीन महिने गुफा सफलतापुर्वक सम्पन्न गर्न र धार्मिक पर्यटकीय स्थल वाका राहा र धार्मिक तिर्थस्थल दोश्रो नमो बुद्ध क्षेत्रको बिकासको लागि महत्वपुर्ण निर्णयहरु समेत पारित गरेकाेे छ ।

यो ठाउलाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्न नेत्रवती डब्जोङ गाउपालिकाले १०८ बौद्ध चैत्य निर्माणका लागि डिपिआर समेत तयार गरिसकेकोमा बैठकले नेत्रावती डब्जोङ गाउपालिकाको प्रशंसा समेत गरेका छन् ।

बैठकमा केन्द्रीय महासचिब गुरुले नेत्रवती डब्जोङ गाउपालिकाका प्रमुख दुर्ग कुमार शाक्यले सिङ्ल्ह जोमा २५ फिटको बुद्ध मुर्ती स्थपना गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकोले गत कार्तिकमा शिलान्यास भएको ठाउँ ज्यम्पल दोर्जे डाडामा गुरु रिन्पोछेको मुर्ती नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ती चक्र संघको पहलमा भक्तजनहरुको सहयोगमा निर्माण गर्ने बताएका थिए ।

गुफा आउने कार्तिक १५ गते फोवा कार्तिक १६ र १७ गते २ दिन लामाहरुलाई कर्मकान्डा सम्बन्धी प्रशिक्षण त्यसपछि सोइनम कार्यक्रम काग्युर पाठ बिश्वशान्ती पुजा गरि कार्तिक २६ गते पुर्णिमाका दिन औपचारिक कार्यक्रमका साथ वाङ अभिषेक गरि समापन गरिने छ ।