
धादिङ साउन ६ । नेपालका जननायक बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले वृक्षारोपण गरेको छ ।
नेपाली काँग्रेस धादिङले बीपी स्मृति दिवसको अवसरमा मंगलबार बिहान त्रिपुरासुन्दरी गाउँपालिका, वडा नं. १, खोल्सीमा बृक्षारोपण कार्यक्रम गरेको हो ।
वृक्षारोपणका लागि नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, पूर्व सभापति रामनाथ अधिकारी जिल्ला कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, नेताहरू तथा क्षेत्रीय, नगर, गाउँ, वडा कार्यसमितिका पदाधिकारी, सदस्य र साथीहरू, क्षेत्रीय प्रतिनिधिहरू, १३ ओटै स्थानीय तहमा पार्टीबाट प्रतिनिधिहरुको सहभागिता रहेको नवराज तिमल्सिनाले बताए ।

(धादिङपोष्टको लागि फोटो सौजन्य नवराज तिमल्सिना)

