
धादिङ असार ३१ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त मदन परियारलाई १७ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
गोरखा कान्द्राङ बस्ने वर्ष ६४ को लिलामान परियारलाई कुटपिट गरेर मारेर फरार रहेका परियारलाई काठमाण्डौ स्थित ढल्कुबाट सोमबार प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै रिचार्ज कार्ड लगायत विभिन्न सामान चोरी गरेको आरोपमा धादिङ ज्वालामुखी १ रातोमाटेका कमाल कुमाललाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।

कुमाललाई धादिङ बेनिघाट रोराङ गा.पा. ५ बाँदरे स्थितमा दिपेन्द्र सिलवालको पसलमा नगद रु.२०००‚ ४७‚००० बराबरको विभिन्न किसिमका रक्सी‚ Ncell र NTC को रिचार्ज कार्डहरु गरी जम्मा ५८‚००० बराबरको धनमाल, गोर्खा गण्डक १ घर्तिगाउबाट १८‚१०० को रिचार्ज कार्ड चोरी गरेको आरोपमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसै गरी जबरजस्ती करणीको अभियोगमा त्रिपुरासुन्दरी गा. पा. ४ बस्ने प्रकाश तिमल्सिनालाई समेत प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।
तिमल्सिनाले असार २६ गते वर्ष ११ की बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । (फोटो स्रोत जिल्ला प्रहरी कार्यालय धादिङ)

