
भानुभक्त आचार्य
भर जन्म कोशिश गरी रामायण बनायौ
बल र बुद्धि अनि क्षमता खन्यायौ
पाएनौ चर्चा जब धरतिमा थियौ
मृत्यु पश्चात् हेर आदिकवि बन्दियौ
जीवनमा रहर नपाएनी मेट्न
कोहि छैनन् यहाँ तिमीलाई भेट्न
घाँसीका शब्द बने मार्ग दर्शक
साहित्य जनमा बन्यौ पथ प्रदर्शक
रामायणलाई ल्यायौ जनजिब्रो भित्र
प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा बिचित्र
घाँसी चिनायौ तिमीले जसरी
मोतिराम भट्ट बने बिधाता सरी
२०५ औं जन्म दिन आज
लोकप्रियता उस्तै नेपाली माझ
धनन्जय र धर्मावती देवी
सम्झियौँ बाजे श्रीकृष्ण पनि

शशी अर्याल
शान्तबजार, धादिङ

