राता मान्छे जिन्दावाद भन्नु छ

Avatar photo
Dhadingpost
असार २७, २०७६

जव फुलले
मालिको बिरुद्ध
बवद्रोहको
चेतावनी दिन्छ
जब शब्दले
कलमको विरुद्ध
मसाल उठाउने
धम्की दिन्छ
खै किन हो
फूलले मालीलाई
तानाशाह
सम्झिए
शब्दले
कलमलाई
मालिक सम्झन्छ
खै किन हो ?
जव
माटोले ढुङालाई
ढुङ्गगाले माटोलाई
कब्जा गरिएको सम्झन्छ
अनि..अनि
क्रान्तिको बिगुल फुक्ने
घोषणा गर्छ
ढुङ्गाले माटो विरुद्ध
माटोले ढुङ्गा कोविरुद्ध
यहाँ.. यहाँ
पिपलको बिरुवा
हल्क्क बढेर सग्लो काप्रोलाई
मायाँले लपक्क बेर्छ
कप्रोले सम्झन छ
मेरो अस्तित्व माथि
आक्रमण भयो
मेरो अस्तित्व
मेटाउन खोज्यो
अनि यहाँ
सुन्दर चिजहरु
युद्ध मैदानमा आउँछ
आ-आफ्नो
अस्तित्व जोगाउन
र मेटाउन

लामो समय देखि दुब्लाए
साथी तेहि दिन देखि
मटाउँदै छ
किन ?
साथी..
दलाल र भ्रष्टहरुको
सङ्गत र ख्वाइ रैछ

विचार र सिद्धान्त
र स्वदन गर्दै थिए

थाहा भो
म किन दुब्लाए
साथी किन मटाए
कोहि
राता मान्छेहरु
सेता घरको
रातो कार्पेटमा
पाइला टेकि राहे छन्
खै किन हो
आर्को राता मान्छे
क्रान्तिमा
प्रति क्रान्ति भयो भन्दै
लङ्ग मार्चको तयारी गर्दै छ्न रे
सायद फेरि आर्को
क्रन्तिको यात्रा होला !
म अब हुने
लङ्ग मार्चको समर्थन या विराेधमा
हुने छैन
क्रान्तिको युद्ध मैदानमा
रक्त सेना रहने छैन
म बेस्करी दुब्लाए
अब ..
विचार र सिद्धान्तकाे
र स्वोदान गर्नु छैन
म मटाउनु छ
साथी जस्तै बन्नुछ
तै पनि
राता मान्छे
जिन्दावाद भन्नू छ ।

केशव पुलामिमगर
सिद्धलेक धादिङ
प्रकाशित मिति: ०७६ असार २७