जगननाथ पन्त र बलराम मरासिनी पुरस्कृत

धादिङ असार २५ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाको पहलमा धादिङबेसी सदरमुकामको ७ किलो मिटर सडक कालो पत्रे गर्न ५ करोडको टेन्डर भएको छ ।
नीलकण्ठलाई स्मार्ट सिटी बनाउने प्रतिवद्धता सहित ०८५ सम्मको मास्टर प्लान बनाई अगाडी बढेका भिम ढुङ्गानाको पहलमा धादिङबेसी सदरमुकामको मुख्य र सहायक सडक ७ किलो मिटर पिच गर्न सडक बोर्डले ५ करोडको टेण्डर गरेको हो ।
सडक बोर्डका सदस्य समेत रहेका भिम ढुङ्गानाले धादिङपोष्ट सँग कुरा गर्दै भने सदरमुकामको सडक पूर्ण रुपमा गुणस्तरिय कालो पत्रे हुन्छ । सडक पेटी निमार्णका लागि १ करोड नगरपालिाकाले नै विनियोजन गरि टोल सुधार महासंघका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा उपभोक्ता समिति समेत बनि सकेको छ अधिकारीलाई तत्काल काम सुरु गर्न निर्देशन दिई सकेको समेत ढुङ्गानाले बताए ।
धादिङबेसीमा खानेपानी अभाव रहेको स्वीकार गर्दै २४ सैं घण्टा सदरमुकाममा खानेपानी ल्याईने र त्यसको लागि दातृ निकाय सँग सम्झौताको अन्तिम बिन्दुमा पुगेको समेत उनले दावी गरे । नीलकण्ठको हरेक वर्डामा प्रयाप्त रकम विनियोजन भएको र स्वास्थ्य, शिक्षा र कृषिलाई उच्च प्राथमिकता दिईएको समेत बताए ।
सुशासन र पारदर्शी लागि खुल्ला सरकार साझेदारी समन्वय प्रणाली अवलम्बन गर्ने स्थानीय तहमा नीलकण्ठ नगरपालिका विश्वमा २१ औं र नेपालको पहिलो स्थानमा रहेको छ । धादिङबेसी सदरमुकाममा सडक बत्ती, सिसि क्यामरा राखि सकिएको छ भने, यस आस पास १०० किलो मिटरको रिङरोड निमार्ण कार्य सुरुभैसकेको समेत प्रमुख ढुङ्गानाले बताए ।
कृषि बाली, पशु र पंक्षी ३ वटैको बिमामा ८५ प्रतिशत अनुदान दिँदै आएको यस नगरपालिकाले आर्थिक सुशासन तर्फ ९७.८५ प्रतिशत बेरुजू फस्र्योट गरि नेपालकै पहिलो नगरपालिका बन्न सफल भयो ।

नेपाल सरकारको सचिवालको बैठकले बरुजु फछर्यौटमा सर्वोउत्कृष्ट कार्य गरेको भन्दै यस नगरपालिकालाई पुरस्कृत गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आर्थिक प्रशासन शाखाले नीलकण्ठ नगरपालिकालाई पत्र नै पठाएर बेरुजु फछ्र्यौटमा सहभागि हुने तात्कालिन प्रमुख प्रशासकीय अधिकृत जगननाथ पन्त र लेखा अधिकृत बलराम मरासिनीलाई पुरस्कृत गर्न निर्देशन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत जगननाथ पन्त सरुवा भई हाल अर्गाखाँचीमा कार्यरत छन् भने लेखा अधिकृत बलराम मरासिनी पुनरनिर्मामा जिल्ला शाखा धादिङमा सरुवा भएका छन् ।
मन्त्रालयले पठाएको पत्र


