भिटोफको रोपाई महोत्सव, इट्टा भट्टामा

Avatar photo
Dhadingpost
असार १५, २०७६

धादिङ असार १५ । गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) ले यस वर्षको रोपाई महोत्सव कर्मकाण्ड मात्र पुरा गरेको छ ।

विगत केहि वर्ष देखि गाउँ पर्यटनलाई जोड दिँदै असार १५ मा लोक प्रिय रोपाई महोत्सव गर्दै आएको भिटोफ नेपालले  यस वर्ष धादिङको धुनिबेसीमा कार्मकाण्ड पुरा गर्ने गरि मात्र रोपाई महोत्सव सम्पन्न गरेको आरोप लागेको छ ।

किसानको खेत हुँदा हुँदै पनि धुनिबेसीमा रहेको शिबम् इट्टा भाट्टाको जग्गामा रोपाई महत्सोव गरेपछि भिटोफ नेपालले यस पटकको रोपाई महोत्सव कर्मकाण्ड मात्र गरेको आरोप लागेको हो ।

धुनीबेसी नगरपालिका स्थित महेशफाटमा रहेको उक्त इट्टा भट्टाको रोपाई महोत्सवमा प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठी, धुनिबेसी गाउँपालिकाका प्रमुख, उप प्रमुख अन्य जनप्रतिनीधिहरु, भिटोफ नेपालका पदाधिकारी एवम् कार्य समिति सदस्यहरु सहभागि थिए । (फोटोः भुमराज तिवारीको फेसबुकबाट)