
धादिङ असार ६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा असार ७ गते राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरु आउने भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धादिङको छैटौं जिल्ला अधिवेशन समारोहमा नाम चलेका राष्ट्रिय कलाकारहरु आफ्नो प्रस्तुति लिएर आउने भएका प्रतिस्ठान धादिङ अध्यक्ष हिमाल घलेले धादिङपोष्टलाई बताए ।
जिल्ला अध्यक्ष एवम् लोक गायक हिमाल घलेका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत चरौँदिमा हुने अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

