रमेश ढकालद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७६

धादिङ जेष्ठ २७ । धादिङबेसीका युवा व्यवसायी रमेश ढकालले निलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको पण्डित चौर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन्

धादिङबेसी पुछारबजारमा लक्ष्मी हार्डवर संचालन गर्दै आएका ढकालले पण्डित चौरका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

ढकालले पण्डित चौर आधारभूत विद्यालयमा अध्ययनरत आमा वुवा गुमाएका असहाय गरिव तथा जेहेन्दार कक्षा १ देखी ५ कक्षा सम्मका १६ जना विद्यार्थीहरुलाई झोला, कपि, कलम लगायतका शैक्षिक सामाग्री प्रदान गरेका थिए । फोटो रमेश ढकालको फेसबुकबाट ।