
धादिङबेसी जेष्ठ २७ । धादिङका कलाकारहरुले निमार्ण गर्न लागेका चलचित्र “लभ हो” को शुभ मुहुर्त नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले गरेका छन् ।
ईन्जोए मुभि प्रा.लि. र यूनिक मिडिया नेटवोर्कले बनाउन लागेको समाजमा भएको हत्या, हिंसा, बलत्कारको घटना रोकथाम मुलक चलचित्र “लभ हो” प्रमुख भिमप्रसाद ढुङ्गानाले आईतबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।
“लभ हो” चलचित्र को लेखक तथा निर्माता सन्तोष काफ्लेले गर्ने छन्, भने सह निर्माता धादिङका रवि भट्टराई, प्रकाश ढकाल रहेका छन् ।
निर्देशक सुवास जी.सी. र सह(निर्देशक शिब आर. जी रहेका छन् भने सङ्गीत तर्फ मेलिना राई, वसन्त सापकोटा र राज सिक्देलको आवाज रहने छ ।

