
जीत अधिकारी
धादिङ जेष्ठ २५ । नेपाली साहित्यको क्षेत्रमा काम गर्दै आएको शब्द रहर साहित्य अभियानको नियमित ४९ औं श्रृङखला सम्पन्न भएको छ ।
जव शब्दमा कलाको संमिश्रण हुन्छ, तव शब्दले कविता, मुक्तक, गीत, गजल जस्ता साहित्य सिर्जनाका विभिन्न बान्किको रुप धारण गर्दछ ।
यिनै सिर्जनाका विभिन्न बान्कीहरु ४९ औं श्रृङखलामा यसरी पोखिए–
रौतहटमा रहि मुक्तक बिधामा कलम चलाइरहेका प्रखर स्रस्टा हरि कृष्ण काफ्ले ।
कमजोरलाई सताएर बेइमान र खुनी बाँच्छ
लाचारीमा एउटा जीवन गधाको जुनि बाँच्छ
सबलाई समान न्याय गर्ने एउटा ईश्वर हुन्छ भन्थे ।
या उ होला पक्षपाती या त आँखा थुनी बाँच्छ ।
बिगत लामो समयदेखि नेपाली साहित्य को श्रीबृद्दिका निमित्त लागि परेको शब्द रहर साहित्य अभियानको नियमित रचना वाचन कार्यक्रमको उनन्पचासौं श्रृङखलामा अतिथी कबिको रुपमा आमन्त्रित काफ्लेले दर्जनौ मुक्तकका फाकिहरुद्वारा उपस्थित चार दर्जन भन्दा बढी फरक फरक बिधामा कलम चलाउने सर्जक हरुलाइ मन्त्र मुग्ध मात्र पारेनन ।

नेपाली वाङ्मयमा मुक्तकको भुमिका र औचित्य सम्म पुष्टि गर्न भ्याए । अभियानका सल्लाहकार हरि फुयालको सभापतित्वमा एबम अभियन्ता कृस्णकिसुकोद्वारा सहजिकरण गरिएको उक्त कार्यक्रममा अतिथी कबिको बिषयमा स्रस्टा रत्न बिरही घिमिरेले थप स्पष्ट पारेका थिए । काफ्लेको सिर्जनाले माहोल थप रोमान्चक बनाउन सहयोग पुर्याएको थियो ।
कवि हेम प्रभाश, रत्न बिरही घिमिरे, धरणिधर गुरागाइँ, भवानी मैयाँ पन्त लगायतका दमदार कविता, शान्ती शर्मा, बासुदेब ठकुरी, श्रीधर पाण्डे, मनोहर पाण्डे, बेनि बहादुर थापा लगायतका स्रस्टाहरुको सुमधुर गजल, अन्चल बान्तबा, प्रकाश बस्नेत गफाडी, राजेन्द्र घिमिरे सागर, बुद्धि उप्रेती, उदास कार्की शिवराम खड्का, उत्तम बिचार लगायतका स्रस्टाहरुका चोटिला मुक्तकले श्रृङ्खलालाई थप आकर्षण बनाएको थियो ।
शब्द रहर साहित्य अभियानको ४४ औं श्रृङखला


