
धादिङ जेष्ठ २२ । धादिङ जिल्ला स्तरीय टी -१० क्रिकेट प्रतियोगितामा बेनिघाट क्रिकेट क्लव बी जिल्ला च्याम्पीयन बनेको छ ।
बेनिघाट रोराङ गाउँपालिका स्थित विशालटारमा आयोजना भएको टी -१० क्रिकेट प्रतियोगितामा गजुरी क्रिकेट क्लवलाई हराउँदै बेनिघाट क्रिकेट क्लव बी जिल्ला च्याम्पियन बनेको हो ।

गजुरी क्रिकेट क्लवले मलेखुलाई हराउँदै फाईनल पुगेको थियो, भने बेनीघाट बी लिग चरण देखि नै फाइनलको दावेदारको रुपमा हेरिएको बेनीघाट ए लाई हराउँदै फाईन पुगेको गियो ।
सेमि फाईनल सम्म सहज जित दर्ज गर्दै आएको बेनीघाट बी र गजुरीको खेल कडा प्रतिस्र्धा हुने दर्शकहरुले आँकलन गरे पनि बेनीघाट बीले दिएको १३७ रनको टार्गेट पिछा गरेको गजुरीले १०० रन पनि नकटाई सबै ओभर गुराएको थियो ।

नेपाल आईस बियरको प्रमुख प्रायोजनमा हिमालय करु मेमोरियल ट्रस्ट, धादिङले शुक्रबारबाट आयोजना गरेको उक्त टी १० क्रिकेट प्रतियोगितामा
उत्कृष्ट खेलाडी विवेक थापा मगर बने उनले खेलको लिग चरण देखि नै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
धादिङको नाम राख्ने गरि क्रिकेट रंगशाला बन्छ -पालिका अध्यक्ष डल्लाकोटी
टी १० क्रिकेट प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि डल्लाकोटी) ले बेनिघाटमा धादिङ जिल्ला चिनाउने गरि क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।
डिपिआरको काम सकिएको छ, १५ करोड भन्दा माथि खर्च गरेर क्रिकेट रंगशाला बेनिघाटमा बनाउँदै छौं, यसको लागि प्रदेश सरकार, केन्द्र सरकार समेत सकारात्मक देखिएकोले अब बेनिघाटमा क्रिकेट रंगशाला बन्नेमा ढुक्क रहन खेलाडीहरुलाई आग्रह गरेका थिए ।
क्रिकेट रंगशाला बन्दै गर्छ तपाईहरु क्रिकेट खेल्दै गर्नु, खेल आयोजनाका लागि गाउँपालिकाले विशेष योजना बनाएर वजेट विनियोजन गर्ने समेत प्रमुख डल्लाकोटीले बताएका थिए ।
हिमालय करु मेमोरियल ट्रस्टका दिपेश कंडेलले धादिङ जिल्ला स्तरीय क्रिकेट संघ गठनको प्रक्रिया अगाडी बढी सकेको बताउँदै अब धादिङमा क्रिकेट खेलको विकासले गति लिने धादिङपोष्टलाई बताए ।
यस अघिका समाचार
फाईनलमा बेनीघाट बी र गजुरी
क्रिकेट अपडेटः गजुरी फाइनल प्रवेश
धादिङ र मझिमटार लिग चरणबाटै आउट
धादिङ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु
धादिङमा जिल्ला स्तरीय क्रिकेट कप भाेलि देखि
धादिङमा टि १० क्रिकेट कप हुने


