
धादिङ जेष्ठ २० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बिशालटारमा जारी जिल्ला स्तरीय टि-१० क्रिकेट प्रतियोगितामा गजुरी फाइनल चरणमा प्रवेस गरेको छ ।
सोमबार बिहान भएको खेलमा मलेखु विरुद्ध ५६ रनको लक्ष्य पाएको गजुरीले पाँच विकेटले जित हासिल गर्दै फाइनल प्रवेस गरेको हो ।
नेपाल आईस वियरको मुख्य प्रायोजनमा हिमालय करु मेमोरियल ट्रस्ट, धादिङले शुक्रबारबाट बिशालटार जारी उक्त खेलको दास्रो सेमीफाइनल खेल सोमबार दिउँसो ४ बजे बेनिघाट ए, बेनिघाट बी टिम बीच हुने दिपेश कडेलले बताए ।


