नीलकण्ठमा मेयर कप हुँदै फुटबलको पुरस्कार १ लाख ५ हजार

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७६

धादिङ जेष्ठ २० । धादिङबेसी स्थित सदरमुकाममा १ लाख ५ हजार पुरस्कार राशीको पुरुष तर्फ खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

नीलकण्ठ नगरपालिकाले जेष्ठ २३ गते देखि गर्न लागेको मेयर कप २०७५ अन्तरगत १ लाख ५ हजार पुरस्कार राशीको पुरुष तर्फ खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।

नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा हुने मेयर कप –२०७५ मा फुटबलमा खुल्ला हो भने नीलकण्ठ नगरपालिका भित्रका माध्यामिक विद्यालय स्तरीय छात्रा/छात्र भलिबल प्रतियोगिता समेत हुने प्रतियोगिता संयोजक एवम् न्यू किबो बोर्डिङका शिक्षक विकास कोइरालाले जानकारी दिए ।

संयोजक कोईरालाका अनुसार फुटबल खुल्ला हो प्रतियोगितामा जोकोही पनि भाग लिन सक्छन् भने भलिबलमा नीलकण्ठ नगरपालिका भित्रका माध्यामिक विद्यालयले मात्र भाग लिन पाउनने छन् ।

फुटबल खेल्ने खेलाडीहरुको लागि आवास, खानाको व्यवस्था आयोजक ले गरेको छैन भने भलिबल तर्फ सहभागि खेलाडीको खाना खर्च वापत प्रत्यक दिन ५ हजार उपलब्ध गराउने समेत संयोजक कोईरालाले बताए ।

यस्तो छ मेयर कप अन्तरगत पुरस्कार राशी

मेयर कप खुल्ला फुटबल प्रतियोगिता
प्रथम पुरस्कारः १,०५,०००।– (एकलाख पाँचहजार)
दितिय पुरस्कारः ५०,०००।-(पचास हजार)
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार

मेयर कप नगरपालिका स्तरिय अन्तरमावि भलिबल प्रतियोगिता छात्रा/छात्र

भलिबल छात्रा
प्रथम पुरस्कार ४० हजार
दितिय पुरस्कारः ३० हजार
तृतिय पुरस्कारः २० हजार
सान्तोना पुरस्कारः १० हजार
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार

भलिबल छात्र
प्रथम पुरस्कारः ४० हजार
दितिय पुरस्कारः ३० हजार
तृतिय पुरस्कारः २० हजार
सान्तोना पुरस्कारः १० हजार
उत्कृष्ट खेलाडी पुरस्कारः १ जनालाई ५ हजार