
धादिङ जेष्ठ १८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बिशालटारमा शुक्रबारबाट जारी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता मा दुई टिम आउट भएका छन् ।
नेपाल आईस वियरको मुख्य प्रायोजनमा हिमालय करु मेमोरियल ट्रस्ट, धादिङले शुक्रबारबाट बिशालटार आयोजना गरेको उक्त खेलको दोस्रो दिन सम्म आई पुग्दा क्रिकेट क्लव मझिमटार र धादिङ क्रिकेट क्लव लिग चरणबाटै आउट भएका हुन् ।

शुक्रबार गजुरी सँग पराजित बनेको मझिमटार शनिबार बेनिघाट ए सँग पनि पाजित बने सँगै लिग चरणबाट बाहिरिएको हो भने शुक्रबार नै मलेखु सँग पराजित धादिङ क्रिकेट क्लव आज बेनिघाट बी सँग पराजित हुँदै लिग चरण पार गर्न सकेन ।
यो सँगै गजुरी क्रिकेट क्लव, मलेखु क्रिकेट क्लव, बेनिघाट ए, बेनिघाट बी टिम सेमिफाईनल प्रवेस गरेका छन् ।



