नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ९ देखि सुरु हुने

Avatar photo
Dhadingpost
जेष्ठ ७, २०७६

अमृत तामाङ
धादिङबेसी जेष्ठ ७
। नीलकण्ठ नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता धादिङबेसी स्थित न्यू किबो बोर्डिङमा गर्ने भएको छ ।

जिल्ला खेलकुद विकास समिति र नीलकण्ठ नगरपालिकाको सहयोगमा न्यू किबो बोर्डिङले जेठ ९ देखि ११ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रथम नगर स्तरीय तथा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७५ को लागि खेलाडी छनौट प्रतियोगितामा भाग लिनको लागि नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयहरु पत्र पठाई सकिएको न्यू किबो बोर्डिङका प्रिन्सिपल प्रयास रेग्मीले धादिङपोष्टलाई बताए ।

प्रतियोगिता जिल्ला खेलकुद विकास समिति धादिङले उपलब्ध गराएको राष्ट्रिय खेलकुद परिषदको निर्देशिका अनुसार गरिने समेत प्रिन्सिपल रेग्मीले बताएका छन् ।

प्रिन्सिपल रेग्मीका अनुसार प्रत्येक खेलाडी चालू शैक्षिक वर्षमा १८ वर्षभन्दा कम हुनुपर्ने भएकाले सो प्रयोजनमा सहयोग पुर्याउन खेलाडी विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि या अन्य कुनै प्रमाण खेलाडी नामावली सहित जेठ ८ गतेसम्म यस विद्यालयमा बुझाउनुहुन सबै विद्यालयलाई सुचना जारी गरिएको छ ।

प्रथम नगर स्तरीय तथा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हुने खेलहरु

एथ्लेटिक्स
ट्रयाक तर्फ

छात्र:१०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।
छात्रा: १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।

फिल्ड तर्फ
छात्रा: हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ६०० ग्राम र सटपुट ८ पाउण्ड ।
छात्र: हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ८०० ग्राम र सटपुट १२ पाउण्ड ।

मार्सल आर्ट तर्फ
कराँते (सितेरियो)
छात्र: ४२ के.जी.,४७ के.जी, ५२ के.जी., र काता एकल
छात्रा: ४० के.जी., ४५ के.जी., ५० के.जी., र काता एकल

छात्र: Chang Quan, Nan Quan and Taiji Quan
छात्रा: Chang Quan, Nan Quan and Taiji Quan
भलिबल: छात्र र छात्रा
कबड्डी: छात्र र छात्रा

सबै गाउँपालिकाबाट छनौट, भएका खेलाडीहरु बीच जेष्ठ १७ देखि १९ सम्म हुने यस वर्षको आठौं प्रतियोगिता थाँक्रे गाउँपालिका स्थित सेती देवि माविमा हुने जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठले बताए ।

गत वर्ष भएको सातौं जिल्ला स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको संयोजनमा एड्भान्स एकेडेमीले आयोजना गरेको थियो ।

जिल्ला स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको (नतिजा )