खनियाँबासमा राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
बैशाख ७, २०७६

अमृत तामाङ
धादिङ खनियाँबास बैशाख ७ । खनियाँबास गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

बैशाख ३ देखि ५ गतेसम्म चलेको प्रतियोगितामा २ सय १० जना खेलाडीहरुले भलिबल, कबड्डी र एथलेटिक्स बिधामा भाग लिएका थिए ।

प्रतियोगितामा आयोजक विद्यालय बच्छला माध्यामिक विद्यलय १६ स्वण १५ रजत र ८ कास्य सहित प्रथम स्थान हासिल गरेको थियो भने गणेशकुण्ड माध्यामिक विद्यालय १५ स्वाण ११ रजत र १२ कास्य सहित दोस्रो हुनसफल भएको छ ।

यस्तै २ स्वण ५ रजत र ११ कास्य सहित बृचेत माध्यामिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा शिल्ड, मेड र प्रमाणपत्र क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनेलाइ १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको थियो ।
उक्त प्रतियोगिताबाट छनिएका विद्यार्थीहरुले जेष्ठ १७ गते देखि हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग पाउने छन् ।