खहरेको प्रहरी चौकी नसार्न दवाव

Avatar photo
Dhadingpost
चैत्र २४, २०७५

धादिङ चैत्र २४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित खहरेमा रहेको प्रहरी चौकी नसार्न दवाव दिँदै स्थानियहरु चौकी पुगेका छन् ।

खहरेमा रहेको चौकी सार्ने तयारी भएको सुने सँगै स्थानिय बासिन्दाले विरोधमा खहरै प्रहरी चौकीमा घेरावन्दी गरेका हुन् । प्रहरी चौकी सरेपछि खहरे बजार असुरक्षित हुने र आपराधीक घटना बढ्न सक्ने आशंका उनीहरुको छ ।

वि. स. २०५२ साल देखि खहरेमा रहेको प्रहरी चौकीलाई त्रिपुरासुन्दरी गाउँपालिका ४ सल्यानकोट सार्ने तयारी भएपछि स्थानियहरु सिवरोधमा उत्रिएका हुन् ।