
धादिङ फागुन १८ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले शुक्रबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरे सँगै सुरुभएको धादिङ पर्यटन तथा औद्योगिक मेलाको आज दास्रो दिन दर्शकहरुको उपस्थिति उल्यख्य रह्यो ।
पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, भन्ने मुल नारा दिईएको मेलाको दास्रो दिन १० हजार टिकट विक्रि भएको मेला प्रचार प्रचार संयोजक राजन दनैले बताएका छन् ।
नेपाली गित संगितका सुप्रसिद्ध शिव परियार, लोक गायनमा व्यस्त देखिने लोक गायक कुमार गुरुङ, चर्चित मोडल तथा स्वरकी धनी धादिङको चेली रितु तामाङ, अमृता लामीछाने लगायतले स्टेजबाट भरपुर मनोरञ्जन दिएका थिए ।
आजको रमाईलो मेला र राम्रो चलेको देखिन्थ्यो भने स्टलहरुभने अधिकाँस खालि देखिन्थे ।





