सालिकको टाउकोमा माला झुण्याउँदैमा

Avatar photo
Dhadingpost
माघ १७, २०७५

सालिकको टाउकोमा माला झुण्याउँदैमा
सहिदको सम्मान हुने भए
ए मनुवा, तिम्रो पनि आमा‍-बा हुनुहुन्छ
सालिक बनाउ र माल्यार्पण गर
किन लैजन्छौ बृद्धाश्रम
अनि तिम्रा सन्ततिको भविष्यको चिन्ता किन लिन्छौ?
तिमी इमानदार छौ र त
आफ्नो जिम्मेवारी निर्वाह गर्छौ
पर्वाह नगरी राष्ट्रको
र कमाउँछौ ओहदाको
भरपूर प्रयोग गरि
रित्याउँछौ ढुकुटी राज्यको

सम्मान हुने भए, नक्सा कोर
आफ्नै र चढाउ माला आफ्नै गलामा

किन, झमेलामा पर्छौ भ्रष्टाचारको
अहमताको झाडि, जो तिम्रो मस्तिष्कमा
झाङ्गिएको छ
त्यसैले सालिकको पुजा गर्‍यौ
आदरका निम्ति आफ्नै

सहिदको सपनाको खिल्ली उडाउँदै
आफैंले देखाएको बाटो हिंडेकालाई
महान शत्रु ठान्दै, आफ्नै पुर्व शत्रुको
वचालाई आफ्नालागि आशिर्वचन ठानि
तिनकै छात्तिमा बुट बजार्दै
आजपनि सहिद ढोकामा गयौ
र दुनियाँका अघि आफै
उपहासको पात्र बन्यौ

साधारण मनुवा बाट महामहिम
बनेका स्वघोसित ए माननियहरु
आँ गरि बाएका प्रत्येक शब्दबाट धोका फालेर
सहिदका सपना पुर्ण हुन्थे भने
किन हजारौंका रगत पियौ तिमीले?
क्रमशः
इच्छुक अनिश्चित