
संजय देवकोटा
धादिङ माघ ११ । विद्यार्थीहरुको वाककलालाई व्यवस्थित र प्रस्फटित गर्ने उद्धेश्य साथ धादिङ बोर्डिङ माध्यमिक विद्यालयमा उद्घोषण तालिम सुरु गरिएको छ ।
कक्षा ५ देखि ९ सम्मका करिब ५० जना विद्यार्थीहरुकाे सहभागिता रहेकाे चार दिने उक्त तालिमको आज एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरि सुरु गरिएकाे हो ।
विद्यालयका प्रधानाध्यापक हरि लम्सालको सभापतित्वमा आयोजित उक्त उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समिति सदस्य एवं न्यु धादिङ बोर्डिङ स्कुलका अध्यक्ष कृष्ण प्रसाद दाहाल, विद्यालयका एजुकेटिभ डाइरेक्टर शुरेन्द्र प्रसाद शाह, सञ्चारकर्मी गोपाल विश्वकर्मा, विद्यालयका सेकेन्डरी इन्चार्ज अपिल कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
तालिममा सञ्चारकर्मी गोपाल विश्वकर्माले उद्घोषण कलाका बारेमा र धादिङका युवा प्रशिक्षक गणेश ढुङ्गानाले भाषणकलाका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने छन् ।
यही माघ १४ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रको सञ्चालन विद्यालयका शिक्षक सञ्जय देवकोटाले गर ।
