
टोकियो पुस १५ । धादिङ समाज जापानको तेस्रो अधिबेशनबाट अध्यक्षमा पुनः कृष्णप्रसाद खनाल निर्वाचित भएका छन् ।
शनिवार टोकियो स्थित सोलमोरी मुरा हलमा सम्पन्न अधिवेशनबाट खनाल पुःन अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दिनेश लोहनि, उपाध्यक्षहरूमा श्याम तिमील्सिना, राम सिम्खडा र महिला उपाध्यक्षमा सुजता दुवाडि, महासचिवमा विमल श्रेष्ठ, सचिवमा सन्तोष तिवारी, कोषाध्यक्षमा श्रीकृष्ण अर्याल, सह/कोषाध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् ।
गैर आवासीय नेपाली संघ आइसीसीको युवा संयोजक सुदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा, धादिङवासी प्रा. डा होम रिजाल, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगायतको आतिथ्यता रहेको थियो ।
