
धादिङ मंसिर १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा मंसिर १४ गते देखि सुरुभएको धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेलाको आज छैटौं दिन ।
दैनिक विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय कलाकारहरु उपस्थित गराउँदै आएको आयोजकले आज (मंसिर १९ गते) पनि चर्चित कलाकार ल्याउने बताएको छ ।
आयोजकका अनुसार चर्चित गायीका बिमाकुमारी दुरा, चन्द्र शर्मा, सिता लामा, कृष्ण परियार, दिपक खड्का, प्रदिप त्रिपाठी, हास्य कलाकार शैलेन्द्र सिंखडा, चर्चित डान्सर निलम ढुङ्गाना लगायत रहेका छन् ।
धादिङ जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार एवम् प्रवद्र्धनको लागि त्रिशुलीनदीमा ¥याफ्टिङ एवम् जिल्लाको पर्यटकिय क्षेत्रहरुको जानकारी मेलामा गराईएको छ ।
विद्यार्थी, अपाङग, जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको धादिङ उद्योग वाणिज्य संघ कार्यालयका रोहित भण्डारीले बताए ।
