विशालटारमा आमाहरुको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर ११, २०७५

धादिङ मंसिर ११ । धादिङ बेनिघाट रोराङ गाउँपालिका विशालटारमा आमाहरुको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बेनिघाटमा आमाहरुको मैत्रिपूण फुटबल प्रतियोगिता भएको महिला अधिकारकर्मी दिपा कंडेलले धादिङपोष्टलाई बताईन् ।

कंडेलका अनुसार ३५ देखि ५३ बर्ष उमेर सम्मका कहिल्यै फुटबल नदेखेका आमाहरू प्रतियोगितामा उत्रिएका थिए ।

आमाहरुको फुटबल खेल हेर्नेहरुको बाक्लो उपस्थिति रहेको थियो । सोमबार भएको उक्त खेलमा वेनिघाट रोराङ र गजुरी गाउँपालिकाबाट १५-१५ जनाको दुई समूह सहभागी रहेको उक्त फुटबल खेल बेनिघाटका आमाहरुले गजुरीका आमाहरुलाई ३–२ ले हराएका थिए ।(धादिङपोष्टका लागि तस्वीर सौजन्य दिपा कडेल)