
धादिङ, कार्तिक ३० । धादिङ गंगाजमुना गाउँपालिका वडा न ६ बसेरी कार्तिकेका विष्णु घललेले आर्थिक सहयोगको लागि याचना गरेका छन् ।
दुबै मृगौला फेल भएका ३४ वर्षिय विष्णु घलेले बाँच्ने आशा जिबित नै रहेको बताउँदै अत्याधिक खर्च लाग्ने हुँदा मृगौला प्रत्यारोपण गर्न नसिके बताउँदै आर्थिक सहयोगको याचना गरेका हुन् ।
आर्थिक अवस्था निकै नै कम्जोर भएका घलेले विभिन्न संघ संस्था, व्यक्तिहरुलाई पत्र नै लेखि सहयोग गरि दिन आग्रह गरेका छन् । उनले गत असोज २३ गते देखि हप्ताको दुई पटक डाइलोसिस गर्दै आएका छन् ।

