
धादिङ कार्तिक ८ । दशैंको आफन्त भेटघाट र टिका सकेर केहि युवाहरु धादिङको दक्षिण क्षेत्र प्रवेश गर्दछन् । बेनिघाट रोराङ गाउँपालिकामा पुगेपछि स्थानिय अगुवा तिलक चेपाङलाई लिएर लगभग १३ सय मिटर माथि बेनिघाट रोराङ गाँउपालिका वडा नं २ मासखर्क पुग्छन् उनीहरु ।
करीब ५ घण्टाको कठिन यात्रा पछि स्थानिय अगुवा तिलक चेपाङ सँग भलाकुसारी गर्दै मासखर्क र यस ठाउँमा रहेका चेपाङ समुदायको बारेका बुझ्छन् ।
ति युवाहरु मध्य बिमल बेन्जले जापानमा रहेका केहि साथीहरुले आर्थिक सहयोग गर्नुभएकोले हामी असाह्य केहि विद्यार्थीका लागि सहयोग गर्न यहाँ सम्म आईपुगेको बताए थिए । दशै देखि तिहार सम्म स्कुल विदा भए पनि तिलक चेपाङले गरिव विद्यार्थीहरु ५० जनालाई बोलाए । हस्तान्तरण गर्ने कार्यक्रम सुरु भो ।
मासखर्कमा नयाँ खुसीयाली सुरुभयो स्कुलबालवालिकाहरु सहयोग लिन लामबद्ध भए उनहिरुलाई धादिङबेसीबाट गएका विमल बेन्ज लगायतका युवाहरुले जापानबाट लोकेन्द्रभण्डारी, निशान भट्ट, रामकुमार थापा, प्रविण मैनाली लगायतले पठकाएको आर्थिक सहयोगबाट खरिद गरिएको स्कुल ड्रेस र स्टेशनरी सामान हस्तान्तरण गरे ।
स्कुले नानी बाबुहरु रमाउन थाले अनि जापानदेखि सहयोग गर्ने मनहरुलाई धन्यान्वाद दिँदै ति युवाहरु धादिङबेसी फर्किए ।
