नीलकण्ठका शिक्षा अधिकृत ढकाल माथि हातपात गर्ने रम्तेल रिहा

Avatar photo
Dhadingpost
अशोज १२, २०७५

धादिङ असोज १२ । धादिङको नीलकण्ठ नगरपालिकाका शिक्षा अधिकृत केदार ढकाल माथि हातपात गर्ने वाईसिएल धादिङका उपाध्यक्ष लक्ष्मण रम्तेल रिहाई भएका छन् ।

नीलकण्ठ नगरपालिकामा शिक्षा अधिकृतको जिम्मेवारी सम्हाले देखि नै विवादमा आई रहेका शिक्षा अधिकृत ढकाललाई विहिबार जनता र शैक्षिक मर्यादा विपरित गएको भन्दै रम्तेलले हातपात गरेपछि उजुरीको आधारमा बिहिबार प्रहरीले पक्राउ गरेको थियो ।

ढकालले आफु कार्य कक्षमा रहेर कार्य सम्पादन गरि रहेको बेला अचानक रम्तेल प्रवेस गरि हातपात गरेकोले हदै सम्मको कार्वाहीको माग गर्दै जिल्ला प्रहरीमा उजुरी दिएका थिए । उजुरी पछि सोधपुछको लागी भन्दै प्रहरी हिरासदमा रहेका रम्तेललाई शुक्रबार प्रहरीले छाडेको छ ।

समता स्कुल प्रकरण देखि विवादित बनेका शिक्षा अधिकृत ढकालले नीलकण्ठ नगरपालिकामा विद्यार्थीको अनुपात वा शिक्षा समितिको निर्णय भन्दा एकल ढंगले निर्णयहरु गर्ने गरेको, शिक्षक सरुवा, विद्यालय संचालन अनुमतिमा मनलाग्दी गर्ने गरेको गुनासो आउन थालेपछि नियम र विधि संगत काम गर्न आग्रह गरेको रम्तेलले हामीलाई बताए ।

केदार ढकालले प्रहरीलाई दिएको उजुरी