एजेन्सी, असोज ८ । भारतिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया गम्भिर प्रकृतिको रोगका सिकार बनेका छन् ।
हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिंबाचियालाई डेंगु देखिएपछि अस्पताल भर्ना गरिएको छ । मिडियाका अनुसार केही दिनदेखि दुबैको स्वास्थ्य अवस्था ठिक नभएपछी उनीहरु मेडिकलमा चेकअप गर्न गएपछि दुबैलाई डेंगु भएको पुष्टी भएको थियो ।
अहिले मुंबईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ । दुवैजनालाई स्वास्थ्यमा सुधार नभएसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।
