एजेन्सी, भदौ १३ । चर्चित कमेडियन कपिल शर्मा लामो समयदेखि संचारमाध्यमबाट गायब भएका थिए ।
टेलिभिजनमा उनको अनुपस्थिति धेरै भइसक्यो । यद्यपी रक्षा बन्धनका दिन कपिलका फ्यानले उनको एक झलक देखेका छन् । उनी रक्षा बन्धनका दिन आफ्नी बहिनीसँग राखी बाँध्नुका साथै आफ्नो परिवाससँग समय बिताएका छन् ।
रक्षा बन्धनमा खिचिएको तस्वीरको कुरा गर्दा कपिलको वजन धेरै बढेको देखिएको छ। भारतीय संचारमाध्यमका अनुसार कपिल शर्मा निर्माता सुमित सिंह र गुरप्रीत घुग्गीसँग मिलेर एक नयाँ पंजाबी फिल्म बनाउँदै छन् । यो फिल्मको नाम ‘सन अफ मंजीत सिंह’ हो ।
कपिलले यो फिल्मका विषयमा विस्तृतमा आफ्नो इन्स्टाग्राममा पनि शेयर गरेका छन्। यो फिल्म १२ अक्टोबर २०१८ मा रिलीज हुँदैछ ।
