
धादिङ साउन २७ । रहरै रहरमा गीतकार बनेका गोपाल गोले दुई दर्जन भन्दा पनि बढी गीतहरु लेखिसकेका छन ।
गोपाल गोलेले दर्जन भन्दा बढि तामाङ सेलो आधुनिक रोमान्टिक गीतहरु लेख्नु भएको छ ।
२०६४ सालमा गहन एल्बम बजारमा ल्याएर चर्चा कमाएका गाेपाल गाेले धादिङका प्रथम अाधुनिक गायक बिरेन्द्र गुरुङलाई सङीतकार बनाउन महत्वपूर्ण याेगदान गरेका थिए ।
पेशाले ऊनी दुबईमा Star होटेल को Chef हुन् । गोपाल गोलेको गीतमा धादिङका बिरेन्द्र, रीमा गुरुङ, माड्वी त्रीपाठि, मिना लामाले स्वर दिसकेका छन् ।
पछिल्लाे पटक उनै गाेलेकाे गितमा धादिङका संगितकार बिरेन्द्र गुरुङले हाल (ज्यानै दिन्छु भन्ने, पायो होला धेरै, मनपर्ने जस्तो हुदैन रैछ, माया गर्ने पनि पायो होला धेरै माया लाग्ने जस्तो हुदैन रैछ, भन्ने गीत भर्खरै रेकर्ड गराएका छन् । यस गीतको म्युजिक भिडियो समेत बन्दै गरेकाे बिरेन्द्र गुरुङले बताए ।

गित रेेकर्ड गर्दै बिरेन्द्र गुरुङ
