यस्तो बन्दै नीलकण्ठको चक्रपथ, पूर्ण सर्वे नहुँदै काम सुरु

Avatar photo
Dhadingpost
असार २५, २०७५

सरस्वती खाँण ठकुरी
धादिङ असार २५ ।
स्मार्ट सिटि बनाउने लक्ष्यका साथ अगाडी बढेको नीलकण्ठ नगरपालिकाले चक्रपथ निमार्णको काम सुरुवात गरेको छ ।

नीलकण्ठ नगरपालिका भित्रको सवै वडालाई छुने गरि निमार्ण गरिने उक्त चक्रपथको निमार्ण कार्य आईतबार नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाले शिलान्यास गरे सँगै सुरुभएको हो ।

नगरपालिकाको वडा न ८ ससाहबाट सुरु भएको चक्रपथ निमार्ण रामकोट मुरलीभञ्ज्याङ हुदै ९ नम्वरको गोलाभभञ्ज्याङ , ११ नम्वर वडाको चामभञ्ज्याङ , वडा नं १३ को आहुती खोला हुदै १४ नम्वर वडा, २ नम्वर वडा १ नम्वर वडाको गैरी बहास हुदै ५ नम्वर वडा खाल्टे, फ्याक्से हुँदै सुनौलाबजार, तारुखर्क, तल्लोबेसी हुदै पुनः ससाहमा लगेर जोडिने शिालान्यास कार्यक्रममा प्रमुख भिमप्रसाद ढुङ्गानाले जानकारी दिए ।

पूर्ण सर्वे नभई काम सुरुभएकोले तत्काल चक्रपथले पूर्णता पाउनेमा आशङ्का गर्ने ठाउँहरु प्रसस्तै छन् तर प्रमुख ढुङ्गानाले सर्वे र निमार्ण सँगै लगिने निर्माण भए जति सडक नाली सहित पिच समेत हुने बताए ।

०७४/७५ को बजेटले ३ किलोमिटर निमार्ण गर्ने हो, यो योजना क्रमागतमा हुन्छ त्यसैले चक्रपथ आफ्नै कार्यकालमा पुरा गर्ने लक्ष्य राखेको समेत उनले बताएका थिए । चक्रपथको निर्माणको लागि सिंह एण्ड व्रदर्श/ड्रागन/बटु सफल जेभीले जिम्मा पाएको छ ।
(तस्वीरः नगरप्रमुख भिम प्र. ढुङ्गानाको फेसबुकबाट)