सुटिङका लागि नेपाल आउँदैछन् जोन अब्राहम

Avatar photo
Dhadingpost
असार ४, २०७५

काठमाडौं, जेठ ४ । बलिउड अभिनेता जोन अब्राहम नेपालमा पनि सुटिङ हुने भएकाले उनी सुटिङका लागि नेपाल आउने भएको छ ।

अजय कपुरले निर्माण गर्ने नयाँ फिल्म ‘आरएडब्लु–रोमियो अकबर वाल्टर’ फिल्मको सुटिङ नेपालमा पनि हुने भएकाले उनी सुटिङका लागि नेपाल आउने भएका हुन् ।

फिल्मलाई रोबी ग्रेवालले गर्दैछन्। फिल्ममा जोन विभिन्न अवतारमा देखिनेछन् । नेपालमा कुन कुन ठाउँमा फिल्मको छायाँकन गरिनेछ भन्ने बारेमा भने केहि खुलाइएको छैन् ।

जोन यतिबेला आफ्नो होमप्रोडक्सन फिल्म ‘परमाणुः द स्टोरी अफ पोखरन’को प्रचारमा व्यस्त छन् । फिल्म हिजो शुक्रबारबाट रिलिज भइसकेको छ ।

६० दिने सुटिङ तालिकासहित फ्लोरमा जान लागेको सो फिल्मको महत्वपूर्ण भाग भारतको गुजरात, जम्मु कश्मिर तथा नेपालका केहि शहरहरूमा छायाँकन गरिने खबर ‘टाइम्स अफ इन्डिया’ले प्रकाशित गरेको छ ।

फिल्मको सुटिङ जुनको पहिलो साता गुजरातबाट सुरू हुनेछ ।