जर्नालिजम अवार्ड कार्यक्रममा अशोक दर्जी र टंक यूएई अउने

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७५

यूएई, जेठ २१ । यूएईमा आयोजना हुन लागेको हेटौंडा जर्नालिजम अवार्ड कार्यक्रममा अशोक र टंक अउन लागेको छ ।

मकवानपुर जिल्लामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई उत्कृष्ट पत्रकार वर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता वर्ष अवार्ड, सञ्चार उधमी वर्ष अवार्ड र बजार ब्यबस्थापन वर्ष अवार्ड गरेर जम्मा नौ विधामा विभिन्न व्याक्तित्वलाई पुरस्कृत गरिने छ ।

यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ यूएई शाखाले सिफारिस गरेका यूएईमै श्रमरत दुईजना पत्रकार र दुईजना व्यावसायिक व्यक्तित्वलाई सम्मान गरिने यूएईका आयोजक मध्येका समिम खानले जानकारी दिएका छन् ।

‘मनबिनाको धन ठूलो कि धनबिनाको मन ‘’ यूएइमै रहेका बिराज नेपालका शब्दलाई मीठो संगीत र स्वर दिएका टंक र अशोक दर्जीको यो गीत भाइरल बनिरहेको बेला गायकद्वयको यूएई आगमनलाई निकै उत्साहपूर्णा रूपमा लिइएको छ ।

मकवानपुरमा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको सम्मानमा न्यू मिडिया एकेडेमीद्वारा आगामी २२ जुन का दिन यूएईमा हुन लागेको हेटौंडा जर्नालिजम अवार्ड तथा सम्मान कार्यक्रम समेत आयोजना हुँदैछ ।

अशोकको घर निर्माण पनि भइरहेको हुँदा यो कार्यक्रमबाट प्राप्त सबै मुनाफा अशोकको घर निर्माणमा प्रदान गर्ने स्थानीय आयोजकहरुले बताएका छन् ।