११औँ मानबहादुर कप फुटबल भोलीदेखि, २८ टिमको सहभागिता

Avatar photo
Dhadingpost
पुस २३, २०८२

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट पात्लेस्थित खेल मैदानमा भोलीदेखि सुरु हुने ११औँ मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगितामा २८ वटा टिम सहभागी हुने भएका छन्।

विद्यार्थी उपकार संघद्वारा आयोजित उक्त प्रतियोगिताको पुरस्कार राशी
प्रथम पुरस्कार: रु. १ लाख ४० हजार
द्वितीय पुरस्कार: रु. ६५ हजार
सेमिफाइनलमा पुग्ने २ टिम: प्रत्येकलाई रु. २० हजार
रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको मुख्य सहयोगीका रूपमा युकेमा बस्दै आएका स्थानीय पूर्ण तामाङ पाख्रिनले रु. १ लाख ४० हजार सहयोग गरेका छन्। पाख्रिन तामाङ घेदुङ यूकेका संस्थापक अध्यक्षसमेत हुन्।

यसअघि आयोजित १०औँ संस्करणमा रु. १ लाख ३१ हजार९औँ संस्करणमा रु. १ लाख ३० हजार सहयोग गर्दै आएका पाख्रिनले खेलकुद र सामाजिक विकासमा निरन्तर योगदान दिँदै आएका छन्।

स्थानीय युवाको खेलकुद प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले क्षेत्रीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।